असोज, १८ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)बीच आज पनि भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच डेढ घण्टा कुराकानी भएको स्रोतले जनाएको छ ।
आज भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकता र कोरोना महामारीमा कसरी अगाडि बढ्ने भन्ने विषयम छलफल भएको बुmिभएको छ । त्यस्तै प्रदेश ५ को राजधानी दाङको भालुवाङ तोक्ने निर्णयपछि वुटवलमा आन्दोलन चर्किएपछि कर्फ्यू लगाईएको भन्ने विषयमा छलफल भएको बुझिएको छ ।







