‘भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनुस्’ : बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएका छन् ।

बुधबार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन् । वरिष्ठ नेता साहले आफूहरू भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको दाबी समेत गरेका छन्। उनले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिए पनि कामको लिस्ट दिए हुने वरिष्ठ नेता साहको भनाइ थियो ।

वरिष्ठ नेता साहले गरिबको पक्षमा आफूहरूले काम गर्ने समेत बताएका छन् ।