काठमाडौं — सर्लाही–काठमाडौं जिल्ला सम्पर्क समितिको आयोजनामा सर्लाही जिल्लाका चारै निर्वाचन क्षेत्रका उम्मेदवारहरू र मतदाताहरूसँग चुनावी अन्तरक्रिया कार्यक्रम बिहीबार आयोजना हुने भएको छ।
समितिका अनुसार कार्यक्रम बिहीबार बिहान ११:३० बजे काठमाडौंको मण्डला पार्टी प्यालेस, तिनकुने मा सञ्चालन हुनेछ।
काठमाडौंमा विभिन्न पेशा तथा व्यवसाय गर्दै बसोबास गरिरहेका सर्लाहीवासी मतदाता, शुभचिन्तक तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरिएको छ।
कार्यक्रममार्फत उम्मेदवारहरूले आफ्नो दृष्टिकोण, योजना तथा प्रतिबद्धता प्रस्तुत गर्नेछन् भने सहभागीहरूले जिज्ञासा राख्न र सुझाव दिन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
समितिले काठमाडौंमा रहेका सम्पूर्ण सर्लाहीवासीलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।







