असोज १९, बुटवल ।
प्रदेश नं. ५ को राजधानी तोक्ने विषयमा विवाद बढेपछि नेताहरू संसद भवनभित्रै तोडफोडमा उत्रिएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा तोडफोड भएको छ ।
सोमबार राजधानी दाङको भालुवाङ तोक्ने प्रस्तावमाथि छलफलका क्रममा प्रतिपक्षी नेपाली कांग्रेस लगायतका सांसदले कुर्सी तोडफोड गरेका हुन् । सहमति कायम गर्न आज बिहान बसेको सर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न सकेको थिएन । १० मिनेट चलेर बैठक स्थगित भएको एक नेताले बताए ।
दिउँसो २ बजेसम्मका लागि स्थगित बैठक पुनः सुरु भएपछि नारबाजी र तोडफोड भएको हो । यद्यपि सभामुख पूर्ण बहादुर घर्तिले बैठक चलाइ नै रहेका छन् ।







