काेशीका ३ ठूला जिल्ला : अहिलेसम्म झापामा सबैभन्दा बढी भाेट खस्याे

विराटनगर । काेशी प्रदेशलगायत देशभर आज बिहानैदेखि प्रतिनिधिसभाको मतदान जारी छ । हालसम्म सुनसरीमा २० प्रतिशत र मोरङमा १५ प्रतिशत मत खसेको छ ।

यस्तै झापामा २८ प्रतिशतत मत खसेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार अहिलेसम्म २८ प्रतिशत भन्दा बढी मत खसेको छ ।

यस्तै मोरङमा १५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ । यस्तै सुनसरीमा २० प्रतिशत भन्दा बढी मत खसेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।