चितवनमा कोरोनाबाट वृद्धको मृत्यु

असोज २०, चितवन ।
चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको मंगलबार विहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।

उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण देखिएसँगै उनको उपचार कोभिड सघन उपचार कक्षमा भइरहेको थियो ।