मोरङका ६ क्षेत्रमा दिउँसो १ बजेसम्म कहाँ कति खस्यो मत?

मोरङ – मोरङका विभिन्न मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म जिल्लाका ६ क्षेत्रमा औसत रूपमा करिब ४० देखि ५० प्रतिशतसम्म मतदान भएको छ।

सबैभन्दा बढी मतदान क्षेत्र नं. २ मा करिब २६ प्रतिशत खसेको छ भने क्षेत्र नं. ३ मा करिब २८ प्रतिशत मत खसेको छ। यस्तै क्षेत्र नं. १ मा करिब ३२ प्रतिशत, क्षेत्र नं. ४ मा ३२ प्रतिशत, क्षेत्र नं. ५ मा २२ प्रतिशत र क्षेत्र नं. ६ मा करिब ३२ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।

मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ। मतदान प्रक्रिया साँझसम्म जारी रहनेछ।

646886690_919269443818816_5759541812742108422_n-1772697545.jpg