प्रचण्ड उम्मेदवार भएको रुकुमपूर्वमा मतगणना सुरु

काठमाडौँ । हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना आज बिहानदेखि सुरु भएको छ ।

बिहीबार मतदान भएका मतपेटिकाहरु रातभर संकलन गरेपछि आजबाट मत गणना सुरु भएको हो ।

राति ३ बजे बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा मतगणनाका आचारसंहिता र प्रक्रियाबारे सहमति जुटेसँगै मतपेटिकाको सिल खोलिएको छ ।

यस क्षेत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको उम्मेदवारीका कारण यस जिल्लाको नतिजालाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।