असोज २०, काठमाडौं ।
नेपालमा सुन र चाँदी दुवैको मूल्य मंगलबार बढेको छ । सोमबार तोलामा ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।







