असोज, २० काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार(आज) अपराहन्ह ४ बजे बस्ने तय भएको छ ।
बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रीमण्डल पुनरगठनलगायतका विषयमा छलफल हुने बुझिएको छ ।
नेकपाले गत शनिवार सचिवालय बैठक बोलाए पनि प्रधानमन्त्री निवास बालुवाटारका ७६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक सारिएको थियो ।







