असोज, २० काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दुई तिहाइको बहुमतले पारित भएको छ । आज भएको मतदानमा देखुरीको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ मत परेको थियो ।
राजधानी सार्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको थियो ।
प्रदेश ५ को मन्त्रिपरिषद्ले प्रदेशको राजधानी दाङको भालुवाङ र लुम्बिनी नामाकरण गर्नको लागि प्रस्ताव पेश गरेको थियो ।







