उपत्यकामा १ हजार १७ जना कोरोना संक्रमित

असोज, २० काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका काठमाडौँमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा जनामा ११८ संक्रमण पुष्टि भएको जानकारी दिए ।