असोज २१, कञ्चनपुर ।
विष खुवाएर हत्या गरी फरार रहेकी महिला मंगलबार पक्राउ परेकी छिन् । ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
तीन वर्षअघि नाबालकलाई विष खुवाइ फरार रहेकी चन्दलाई घरमै लुकिछिपी बसेको बेला पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ज्यान मार्ने उद्योगमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले २०७४ भदौ २० मा पाँच वर्ष कैद सजाय तोेकेको थियो ।
अदालतले कैद तोकेपछि चन्द फरार थिइन् । पक्राउ परेकी उनलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।







