असोज २१, बुटवल ।
यहाँको अस्थायी कोरोना अस्पतालमा उपचाररत दुई जनाको बुधबार मृत्यु भएको छ । मृतकमा एक महिला र एक पुरूष छन् ।
असोज १६ मा कोरोना पोजिटिभ देखिएका ७६ वर्षिय पुरूषको गए राति १ बजे मृत्यु भएको छ । यसैगरी बुटवल उपमहानगरपालिकाकी ५५ वर्षिय महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको छ । उनी असोज १७ मा अस्पताल भर्ना भएकी थिइन् ।
दुवैमा उच्च रक्तचापका साथै श्वासप्रश्वास, सुख्खा खोकी र ज्वरो देखिएको थियो ।







