वामदेव गौतमको मुद्धा : न्यायाधीसमा कोरोना देखिएपछि आज पनि सुनुवाई रोकियो

असोज, २१ काठमाडौं । न्यायाधिहरुमा कोरोना देखिएका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतम बिरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’ आज पनि रोकिएको छ ।

उनलाई राष्ट्रिय सभामा मनोनित गरिएपछि गत असोज ५ गते उनीविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

हेर्दाहेर्दैमा राखिएको मुद्धा आजको लागी सुनुवाईको मिति तोकिएको थियो । तर कोरोनाको कारण न्यायाधीशहरू आइसोलेसनमा रहेपछि आज हुने भनिएको सुनुवाइ स्थगित भएको जनाइएको छ ।

सर्वोच्चका एक न्यायाधीशसहित केही वकिलहरुमा समेत कोरोना संक्रमण पुष्टि भएकाले त्यसको प्रत्यक्ष असर वामदेवको मुद्धा सुनुवाईमा समेत परेको हो ।