काठमाडौं । शेरबहादुर देउवा सिंगापुरबाट हङकङ पुगेका छन्। नियमित स्वास्थ्य उपचारका लागि सिंगापुरमा बसेपछि उनी थप उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन्।
उनको सचिवालयका अनुसार हङकङमा उपचार र पारिवारिक कार्यक्रम सकेपछि उनी स्वदेश फर्किनेछन्।
देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए।







