थप ३ हजार ४३९ जना कोरोना संक्रमित थपिए

जम्मा ९४ हजार २५३ जना कोरोना संक्रमित

असोज, २१ काठमाडौं । पछिल्लो विवरण अनुसार बितेका २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

यससँगै नेपालमा ९४ हजार २ सय ५३ जना कोरोना संक्रमित भएका छन् ।