यही दरमा संक्रमण बढेमा अस्पतालले भार थेग्न सक्दैन : स्वास्थ्य मन्त्रालय

असोज, २१ काठमाडौं । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक रुपमा कोरोना संक्रमितको संख्या उच्च दरमा बढिरहेको बताएको छ ।

यही दरमा कोरोना संक्रमण बढे अस्पतालहरुले थेग्न नसक्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यही दरमा संक्रमण बढेमा अस्पतालले यो भार थेग्न सक्दैन । अस्वभाविक रुपमा बढेको भीडभाड, दूरी कायम नहुन लगायतका व्यवहारले संक्रमण तिव्र गतिमा बढेको छ – उनले भने ।

नजिकिँदो चाँडमा किन्न जाने र भीडभाड गर्नेहरुले कोरोना महामारीलाई बिर्सिएको हो कि भन्दै उनले प्रश्न गरे ।

आज थप ३ हजार ४३९ जनामा स‌ंक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।