उपत्यकामा १ हजार ६३९ जना कोरोना संक्रमित थपिए

असोज, २१ काठमाडौं । पछिल्लो विवरण अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६३९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार २९६ जना, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा दिए ।