जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना : वडाअध्यक्षसहित ५ जनाको मृत्यु

असोज, २१ जाजरकोटा । जाजरकोटमा जिप दुर्घटना भएको छ । दुर्घटनामा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ । २ जना हराईरहेको बताइएको छ।

बुधबार सदरमुकामबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप दिउसो २ बजेतिर औँलखोला भन्ने ठाँउमा दुर्घटनामा भएको छ ।

जुनीचाँदे गाउँपालिका–११ को औलोखोलामा भे १ ज ९३५ नम्बरको जीप दुर्घटनाग्रस्तहुँदा वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित स्थानीय अमरबहादुर शाही, कृतिबहादुर शाही, लालबहादुर बुढा, खेमराज शाही र मालिका बस्नेतको घटनास्थलमै मृत्यु भएको छ।

जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ। घटनाबारे थप विवरण आउँन बाँकी छ।