काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री पदमा शपथ लिन लागेका छन्। बालेनले शुक्रबार दिउँसो १२:३४ बजे शुभसाइत अनुसार शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले बालेनको शपथ र पदभार ग्रहणका लागि तयारी पूरा गरिसकेका छन्। शपथ समारोह शीतल निवासमा आयोजना हुनेछ। समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्ति–शान्ति वाचन, र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ पनि पढाइने स्रोतले जानकारी दिएको छ।
बालेनले सोही दिन २:१५ बजे पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय भएको छ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपा एक्लैले १८२ सिट जितेको थियो। करिब दुई तिहाइ बहुमत ल्याएको रास्वपा बालेन नेतृत्वमा सरकार गठन गर्दैछ। पार्टीले मन्त्रालय संख्या घटाएर सोही दिन मन्त्रिपरिषद पूर्णता दिने तयारीसमेत गरेको छ।







