सरकारका सकारात्मक पहलमा सहयोग गर्ने ‘प्रचण्ड’को ‘प्रचण्ड’को प्रतिबद्धता

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका रचनात्मक तथा सकारात्मक कार्यमा आफ्नो सहयोग रहने बताएका छन्।

बिहीबार सिंहदरबारमा आयोजित शपथ ग्रहण कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले बहुमत प्राप्त गरी सरकार गठन गर्ने पक्षलाई बधाई तथा शुभकामना व्यक्त गरे।

दाहालले वर्तमान राजनीतिक परिस्थितिमा सरकारका उपयोगी र जनहितमुखी पहलहरूमा सहयोग रहने स्पष्ट गर्दै सकारात्मक कार्यप्रति समर्थन रहने धारणा व्यक्त गरेका हुन्।