युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आव्हान

असोज, २१ काठमाडौं । संघीय संसद संसदीय सुनुवाइ समितिले युवराज खतिवडासहित विभिन्न देशका तीन वटा देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको छ ।

सरकारले केही दिन अगाडि युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा र लोकदर्शन रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सरकारले डा. निर्मल कुमार विश्वकर्माको नाम सिफारिस भएको छ ।

बुधबार बसेको सुनुवाइ समितिको बैठकले तीनै जना विरुद्ध १० दिने उजुरी आव्हामन गर्ने निर्णय गरेको छ ।

सार्वजनिक विदा लगायतका कारण कार्तिक ३ गतेसम्म उजुरी दिन सकिने समिति सचिवालयले जनाएको छ ।

सिफारिस गरिएकाहरुलाई राजदूतमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आाधार एवं सबुद प्रमाणसहित उजुरी दिन सकिने भनिएको छ ।

उजुरीकर्ताको परिचय गोप्य राखिने पनि समितिले जनाएको छ ।