असोज २२, काठमाडौं ।
अमेरिकी सरकारले बुधबार राति पौने १० बजेबाट डाइभर्सिटी भिसाका लागि (डिभी) आवेदन खुला गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार नोभेम्बर १० सम्म यसको समयसीमा तोकिएको छ ।
दूतावासले डिभी आफैले निःशूल्क भर्न सकिने बताएको छ । कुनै कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह समेत गरेको छ । यसबारे सम्पूर्ण जानकारी अमेरिकी दूतावासको वेबसाइटमा हेर्न सकिने छ ।
डिभीको फारम यस वेबसाइटमा गएर भर्न सकिनेछ ।







