साफ यू-२० च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्ने

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।

समूह ‘बी’ को अन्तिम खेलमा भारत र बंगलादेशले १-१ को बराबरी खेलेपछि नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको हो ।

नेपाल समूह ‘ए’ मा अपराजित रहेर समूह विजेता बनृको थियो । बंगलादेश समूह ‘बी’ को उपविजेता बनेको हो ।

भारत र बंगलादेशले समान ४ अंक जोडेपनि गोलअन्तरमा भारत अघि रहँद‌ा समूह विजेता बनेको हो ।

भारतले अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भुटानसँग खेल्नेछ ।