रुपन्देहीका वडा सदस्यको कोरोनाबाट मृत्यु

असोज २२, रुपन्देही ।
जिल्लाका सिद्धार्थनगर नगरपालिकाका वडा सदस्यको कोरोनाका कारण मृत्यु भएको छ । वडा नं. ५ का सदस्य सुवोध तुलाचनको बुधबार राति मृत्यु भएको हो ।

इञ्जिनियर समेत रहेका उनी कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । असोज १३ मा कोरोना पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या देखिएपछि १४ गत्ते भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । शनिबारयता स्थिति गम्भीर भएको उनको बुधबार राति निधन भएको हो ।