सुनचाँदीको मूल्य तोलामा सात हजार ४०० बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु सात हजार ४०० र चाँदी रु १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र चाँदीको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।

हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र चाँदीको मूल्य रु चार हजार ८४५ कायम भएको थियो ।