असोज, २२ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहाल ‘प्रचण्ड’बीच वार्ता सुरु भएको छ ।
वार्ताका लागि अध्यक्ष दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रचण्ड भर्खर बालुवाटार पुगेको र समसामयीक विषयमा छलफल शुरु भएको छ ।
आजको छलफलमा मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकिकरण लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ । मन्त्रिपरिषद् पुनर्गठन दशैंतिहार अघि हुने सम्भावना कम भएको नेताहरुले दवाव दिएसँगै अध्यक्षद्वयले भेटघाटलाई बढाएका छन् ।







