असोज, २२ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा आज ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ९६९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा बितेको २४ घण्टामा थप २ हजार ६७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।







