साढे पाँच सय गाँजाका बोट नष्ट

असोज २३, तनहुँ ।
प्रहरीले जिल्लामा रहेका पाँच सय ५० गाँजाका बोट नष्ट गरेको छ । देवघाट गाउँपालिका र भीमाद नगरपालिकाका विभिन्न ठाउँमा पाँच रोपनी जग्गामा उम्रिएको गाँजाका बोट प्रहरीले बिहीबार नष्ट गरेको हो ।

देवघाट गाउँपालिका–२ लेखस्वारा र बेसार्दी भन्ने स्थानमा लागुऔषध गाँजाखेती रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले चार रोपनी जग्गामा प्राकृतिकरूपमा फैलिएको साढे चार सय गाँजाका बोट नष्ट गरेको थियो ।

त्यस्तै भीमाद नगरपालिका–१ गोरडाँडा र आसपासका क्षेत्रमा एक रोपनी जग्गामा फैलिएको एक सय गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ ।