असोज, २३ काठमाडौं । चलचित्र ‘आमा’ अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । दशैंको छेको पारेर आगामि कात्तिक ४ र ५ गते अस्ट्रेलियाको तासलियाको हलमा फिल्म प्रदर्शन हुने बताइएको छ ।
अस्ट्रेलिया सरकारले हालै सामाजिक सुरक्षाको मापदण्ड आत्मसात् गर्दै हलहरू सञ्चालन गर्ने निर्णय गरेको थियो। खनालले भने, ‘अन्य धेरै देशमा पनि प्रदर्शनका लागि कुरा भइरहेको छ। केही दिनभित्र टुंगो लाग्ला।’ ‘आमा’को अस्ट्रेलिया प्रदर्शनको व्यवस्थापन हाल अस्ट्रेलियामै रहेका फिल्मका सहनिर्माता सन्तोष अधिकारीले मिलाएका हुन्।
शर्मिला पाण्डे निर्माता रहेको ‘आमा’को लेखन पनि निर्देशक खनालकै रहेको छ। काठमाडौं र रामेछापमा छायांकन गरिएको फिल्म आमा–छोरीको भावनात्मक सम्बन्धको कथामा बनेको छ।







