सुनको मूल्य बढ्यो

असोज, २३ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै बिहीवार सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि गत कारोबार दिनको तुलनामा २० रुपैयाँले बढेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बिहिबार चाँदि ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँका कारोबार भएको थियो ।