शिक्षामन्त्रीको स्पष्टीकरणः व्यक्तिगत गोपनीयताका कारण प्यान नम्बर उल्लेख नगरेको हुँ

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा व्यक्तिगत गोपनीयताका कारण प्यान नम्बर उल्लेख नगरेको बताएका छन् ।

मन्त्रीको प्यान नम्बर पनि नरहेको भन्दै टीकाटिप्पणी भएपछि मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘प्यान नम्बरको विषयमा पनि स्पष्ट पार्न चाहन्छु, मसँग वैध प्यान नम्बर छ। तर उक्त सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्ने योजना भएकाले व्यक्तिगत सुरक्षाका कारण प्यान नम्बर समावेश नगरेको हुँ । पारदर्शिता केवल शब्द होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मेरो विश्वास हो। मैले त्यसै अनुरूप आचरण गर्ने प्रयास गरेको छु, र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछु।’