कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

मृत्यु हुनेमा १ महिला र ९ पुरुष

असोज, २३ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । यो कुल संक्रमितको संख्या ० दशमलव ६० हो ।

जसमध्ये १ जना महिला र ९ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाको संक्रमण देखिएको ९ महिनाको अवधीमा मृतक संख्या ६ सय पुगेको हो ।