रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैठकमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरू पनि सहभागी छन् ।

सार्वजनिक लेखा समितिमा भने प्रमुख प्रतिपक्षी दल काँग्रेसले दाबी गर्दै आइरहेको छ ।