काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पदका लागि नेपाली काँग्रेसले आफ्ना सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
डोटीबाट प्रतिनिधित्व गर्ने खड्कालाई समितिको नेतृत्वका लागि अघि सार्ने निर्णय पार्टीले गरेको हो ।
संसदीय समितिका सभापतिहरूका लागि आज मनोनयन दर्ता हुने कार्यक्रम तय भएको छ । सो प्रक्रियाअघि विभिन्न राजनीतिक दलहरूले आ-आफ्ना उम्मेदवारको नाम टुंग्याउने क्रम जारी राखेका छन् ।
यसैबीच, सत्ता पक्षीय सहकार्यअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ ।







