मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान दिई पर्व मनाइन्छ ।

मातातीर्थ औँसीको अवसरमा मुस्ताङको कागबेनीमा आमा नहुनेहरूले श्राद्ध गरेर यहाँ पिण्डदान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

यस दिन मातातीर्थ औँसी परेकाले कागबेनीमा विशेष रूपमा भक्तजनहरूको ठूलो भीड लागेको देखिन्छ।