असोज, २३ काठमाडौं । नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा हालै नवनियुक्त भएका डा. राजेश समबाजीराव पाण्डवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
डा राजेश काठमाडौं असोज २ गते नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आएका थिए ।
नेपाल आउनुपूर्व, डा राजेश सन् २०१५ अप्रिलदेखि सन् २०२०, सप्टेम्बरसम्म टिमोर–लेस्टेको लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधि थिए । उनले सन् २००४ यता विश्व स्वास्थ्य संगठनमा विभिन्न पदमा रहेर सेवा गरेका थिए। विगतमा उनी विश्व स्वास्थ्य संगठन, टिमोर–लेस्टेमा अवस्थित कार्यालयका लागि स्वास्थ्य नीति सल्लाहकार (सन् २०११—मार्च, २०१५), मेडिकल अधिकृत (जनस्वास्थ्य), विश्व स्वास्थ्य संगठन माल्दिभ्स कार्यालय (सन् २००९—२०११) मा काम गरेका थिए ।







