सिप्रदिको दशैंलक्षित योजना : गाडी किन्दा उपहार

असोज २४, काठमाडौं ।
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दसैंलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ । कम्पनीले ’यो दसैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ स्लोगनमा योजना ल्याएको बताएको छ ।

योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकहरुले हात खाली नजाने आकर्षक उपहार पाउने कम्पनीको भनाइ छ । टाटाको ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, विङ्गर, पिकअप, एसर म्याजिक लगायत गाडी किन्दा वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्टफोन, ट्याबलेट उपहार पाउने कम्पनीले जनाएको छ ।

त्यो बाहेक पनि ग्राहकले एक वर्षको फ्री सर्भिस कुपन समेत पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडी बुकिङ गरे पनि विभिन्न उपहार पाउनेछन् ।

लक्की ड्रमार्फत ३० जना भाग्यशाली ग्राहकले बम्पर उपहार पाउने कम्पनीको भनाइ छ । सिप्रदी कमर्सियल गाडीका महाप्रबन्धक अनुपमणि ढकालका अनुसार सधैँजसो दसैंलाई लक्षित गरेर योजना ल्याइएको हो ।

सिप्रदीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यमा व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा सरल र सहज रूपमा दिइरहेको जनाएको छ ।