असोज, २४ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच छलफल भएको छ ।
उनीहरुबीच मन्त्रिपरिषद् पुनर्गठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
पछिल्लो समय अध्यक्षद्वयबीच निरन्तर भेटघाट तथा छलफल भइरहेको छ । आजको भेटघाटमा भने पार्टीका महासचिव विष्णु पौडेल समेत उपस्थित रहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास पुगेका हुन् ।
आजको बैठकमा भने पूर्वनिर्धारित कार्यतालिका अनुसार अध्यक्षद्वयबीच छलफल गर्दै जाने र पार्टी एकताको बाँकी काम सक्ने गरी आजको बैठकमा छलफल हुने बताइएको छ ।
यसअघि बिहीवार र शुक्रवार पनि ओली प्रचण्डबीच भेटघाट भएको थियो । तर ठोस निष्कर्ष भने निस्किएको छैन् ।







