असोज २५, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार एक फेसबुक पोस्टमार्फत यसको जानकारी दिएका हुन् ।
शुक्रबार बेलुकी आफूलाई ज्वरो आएपछि स्वाब दिएको र त्यस क्रममा शनिबार रिपोर्ट कोभिड १९ पोजिटिभ आएको उनले उल्लेख गरेका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन,’ उनले पोस्टमा भनेका छन् ।

साथै आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका समेत गरेका छन् ।







