काठमाडौं। पशु चिकित्सक डा. सुनिल सापकोटाको नयाँ गीत “माया कसरी लाऊ” सार्वजनिक भएको छ।
समसामयिक शैलीमा तयार पारिएको यस गीतमा प्रशान्त पौडेल र अनु चौधरीको स्वर रहेको छ भने संगीत पनि प्रशान्त पौडेलकै रहेको छ। गीत प्रशान्त पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
पेशागत रूपमा पशु चिकित्सक रहेका डा. सापकोटालाई सुरुदेखि नै गीत–संगीत, कविता तथा पत्रकारिताप्रति विशेष रुचि रहँदै आएको छ। उनले वि.सं. २०५७ सालमा “सौमनस” नामक कविता संग्रह प्रकाशित गरेका थिए।
यसअघि पनि उनले प्रविन बज्राचार्यको स्वरमा रहेको “हे मानव” (कुकुर सम्बन्धी) र “बोल्न सक्दैन भनेर” जस्ता गीतहरूका शब्द लेखेका छन्। साथै, अञ्जु पन्तको स्वरमा रहेको “बलेर धुरीमा आगो” सहित अन्य पाँच वटा गीतहरू पनि छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको जनाइएको छ।






