काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ ।
आज बिहान बालाजु र माछा पोखरीका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाएको छ ।
हिजो (शुक्रबार)टेकु, शंखमुख, बल्खु, बंशीघाट लगायत विभिन्न सुकुमबासी बस्तीमा डोजर चलाइएको थियो । आज स्वयम्भू आसपास, बालाजु र माछापोखरी क्षेत्रमा डोजर चलाइएको हो ।
यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।







