असोज २५, काठमाडौं ।
साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ ।
‘६ महिनादेखि सह–प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ,’ सो पार्टीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।
उनी सङ्घीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए । ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनले सो पार्टीमा सक्रिय हुनुअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरिसकेका छन् ।







