वैशाख २८ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे संसदको बैठक बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारी प्रवक्ता सस्मित पोखरेल का अनुसार उक्त निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष औपचारिक सिफारिस पठाइएको छ।