असोज, २५ काठमाडौं । पछिल्लो २४ घन्टामा थप २२ जनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
देशका विभिन्नस्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।
कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ ।







