तीन पटक मूल्य घटाउदा पनि कुखुराको मासुको खपत बढेन

असोज, २५ काठमाडौं । काठमाडौंमा कुखुराको मासुको मूल्य दुईसय रुपैँया भन्दा कम भएको छ । एक महिनमा तीन पटकसम्म मूल्य घटाउदा दुई सयभन्दा कम भएको व्यवसायीहरुले बताएका छन् ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार मासुको मूल्य तीन वर्ष यताकै सस्तो भएको हो । दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत नबढेको संघले जनाएको छ ।

यो साताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको छ ।

साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावलले बताए ।