विराटनगरमा कोरोना संक्रमितको मृत्यु

असोज २६, मोरङ ।
नोबेल मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको हो ।

शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा ती व्यक्तिको रिपोर्ट पोजेटिभ आएको थियो । उपचारका लागि आइतबार साँझ ६ः२५ बजे नोबेल ल्याइएका उनलाई राति १२ बजे कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

दुवै मृगौला फेल भएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।