नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
यससँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । मंगलबार नेपालमा कोरोना संक्रमणबाट पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ।
भारतबाट पाँच दिन अघि आएका उनी स्थानीय क्वारेन्टिनमा थिए। उनको स्वास्थ्यमा अन्य समस्याका साथमा स्वास्प्रस्वासमा समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना भएका थिए।
पछिल्लो २४ धण्टामा १२ जना डिस्चार्ज भएका छन्। योसँगै २९० जना कोरोनालई जितेर घर फर्केका छन्।







