काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार भने सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर पाँच हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो।







